होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते
समाचार

सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

  • नागरिक रैबार
सुतेका बेलासमेत ‘मलाई नमार्नुस्’ भन्दै चिच्याउँछन् रुकुम घटनाका घाइते

भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएका थिए। उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भए तर मरणासन्न हुनेगरी पिटिए ।

सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घाउ पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किनुप¥यो ।

विज्ञापन

प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घटना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।

‘सुतेका बेलासमेत मलाई नमार्नुस् भन्छ,’ मदनकी आमा लक्ष्मी शाहीले बताइन् । सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उनले बताइन् । घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । ‘थरिथरिका मान्छेलाई कति बयान दिनु ?’ लक्ष्मीले भनिन, ‘अहिले पनि छोरो डराइरहेको छ ।’ गाेरखापत्रमा समाचार छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै