होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘संविधानले रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार दिएको छ’
समाचार

‘संविधानले रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार दिएको छ’

  • नागरिक रैबार
‘संविधानले रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार दिएको छ’

३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् ।

संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए ।

 

ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद यज्ञ सुनुवाारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताए। उनले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको बताए ।

सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गरे।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने साँसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक दलको काधँमा रहेको बताए ।

उनले भने, ‘शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले जिम्मेवारपूर्ण तवरले अघि बढेर गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा अझै थप काम गर्नु पर्ने देखिएको छ, जनताको अपेक्षा अनुसार काम नभएको, समाजवादतर्फ जाने स्पष्ट खाँका र तयारी नभएको गुनासा छन्, ती आवाजलाई सम्वोधन गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा आएर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।’

दार्चुलाबाट प्रतिनिधित्व गर्ने साँसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताए । उनले भने, ‘संविधान प्रगतिशील, अग्रगामी र समावेशी भएकाले मुलुकलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण मार्ग निर्देश गरेको छ, पूर्वाधार, कानूनी र आर्थिक पक्ष कमजोर भएको अवस्थामा तत्काल परिणाम खोज्दा नतिजा नदेखिएपनि अब क्रमशः सवैक्षेत्रबाट नतिजा आउन लागेकाले आत्तिन पर्दैन ।’

लोकतन्त्रका लागि जनताले ७० वर्षभन्दा बढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउँदै साँसद् ठगुन्नाले भने ‘गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सबै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन् ।’

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले जारी गरेका थिए । साँसद त्रय तत् जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने युवा नेता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै