होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा भदौ ७ गते सार्वजनिक बिदा
Breaking News

सुदूरपश्चिममा भदौ ७ गते सार्वजनिक बिदा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा भदौ ७ गते सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ। २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको सरकारले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिएको हो।

प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।

अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ।

विज्ञापन

२०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।

प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिईएको थियो। यस्तै पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एक/एक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।

थारु समुदायले माघी पर्वमा तीन र सुदूरपश्चिमका पहाडी समुदायले पनि गौरा पर्वमा तीन दिनसम्म सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार