होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा विवाह गरेको एक हप्ता नपुग्दै श्रीमान-श्रीमतीले गरे आत्महत्या
देश/प्रदेश

दार्चुलामा विवाह गरेको एक हप्ता नपुग्दै श्रीमान-श्रीमतीले गरे आत्महत्या

  • नागरिक रैबार
दार्चुलामा विवाह गरेको एक हप्ता नपुग्दै श्रीमान-श्रीमतीले गरे आत्महत्या

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका- १ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३० बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गरेका थिए।राजेन्द्रकी जेठी श्रीमती लटिनाथ बस्दै आएकी छन्। राजेन्द्रले दोस्रो बिहे गरेपछि उनी लटिनाथमै बस्दै आइरहेको स्थानीय दिनेशसिंहले जानकारी दिए।

राजेन्द्रकी जेठी श्रीमतीले दोस्रो बिहे किन गरेको लकडाउन खुलेपछि अदालत गएर मुद्दा हाल्ने भनेपछि उनीहरु दुवै जना तनावमा रहेको हुन सक्ने अनुमान गरिएको छ।

राजेन्द्रले हाम फाल्नु अघि ५ जना स्थानीयलाई फोन गरेर अन्तिम फोन भएको बताएका छन्।थप बुझ्नका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कोमल विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार