नागरिक रैबारर/बाजुरा २ कार्तिक। भिरबाट लडेर घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर जयबहादुर ऐडीले असोज २९ गते परेको जन्म दिनको अवसरमा घाईते चंदाराको उपचारका लागि ३ हजार आर्थिक रकम सहयोग गरेका हुन् ।
जन्मदिनलाई खर्चिलो र उत्सवबमय बनाउनु भन्दा घरको आर्थिक अवस्था कमजोर भएका घाईते चंदाराको उपचारका लागि सानो भएपनि आर्थिक रकम सहयोग गरेको ऐडीले बताएका छन् ।
सो रकम बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक मार्फत घाईते चंदाराका दाई प्रसादे चंदारालाई हस्तान्त्रण गरिएको छ ।
चंदारा गत असोज २२ गते विहिबार दिउसो घरको लागि दारकाठको खोजी गर्ने क्रममा गुनिभिर नजिकैको जंगलको भिरबाट लडेर घाईते भएका थिए ।
घाईते भएका चंदाराको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेपछि उनका परिवारले रिण निकालेर उपचारका लागि काठमाण्डौं लगिएको थियो ।अहिले चंदाराको काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । चंदाराको उपचारका लागि लाग्ने खर्च उनको परिवारसंग नभएपछि उपचार गर्न समस्या हुने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु