होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • अभियान्ता रीता शाहीको पहलमा बाढीपीडितलाई राहत
पत्रपत्रिका

अभियान्ता रीता शाहीको पहलमा बाढीपीडितलाई राहत

  • नागरिक रैबार
अभियान्ता रीता शाहीको पहलमा बाढीपीडितलाई राहत

नागरिक रैबार/बाजुरा २ भदाै। बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ ।

अभियान्ता शाहीको पहलमा बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई  प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट राहत सामाग्री खरिद गरि सम्बन्धीत स्थानमा पुगेर हस्तान्त्रण गरिएको छ ।

घर नै गुमाएर पालको साहरामा दिन बिताउन बाध्य परिवारलाई नै भेटर राहत सहयोग गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन् ।

विज्ञापन

बडिमालीका नगरपालीका छ परिवार लाई तीस हजारकाे सामाग्री बितरण गरेकाे र पचास हजार राहत बुढिगङ्गाकाे नरबासि लाई बाटाे सहज भए लगतै आफै पुगाउने बताकि छन बाजुराकाे पीडा देखेर सहन न सकेर अमेरीकामा बस्ने हेम थापा कतारमा बस्ने रीता कार्कि र बेलायतमा बस्ने इशा गरुङ ले बाजुरा बासिकाे लागि एति ठुलाे राहत बितरण गरेकाेमा बाजुरा बासिले खुसि ब्यक्त गर्नु का साथै धन्यवाद समेत दियका छन राहत जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको हातबाट हस्तान्त्रण गरिएको हो ।

राहत स्वरुप प्रति परिवारलाई एक बोरा चामल, बलाङ्केट, विस्कुट, साबुन, भुजा सहीतका खाद्यन्न तथा सरसफाइ सामाग्री सहयोग गरिएको छ । बसोबास जुनसुकै स्थानमा भएपनि समस्यामा साथ दिन्छन्, नेपाली सहयोगी हुन्छन्, भन्ने स्थापित छवी देखाएकोमा समन्वय समिति प्रमुख नरेन्द्र रोकायाले पनि धन्यवाद दिएका छन् ।

विपदमा परेकाहरुलाई सम्झेर नेपालीपन देखाएकोमा खुसी लागेको रोकायाको भनाई छ । विदेशमा बसेर पनि विपदमा सहयोग गरेकोमा समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापा सहीत समन्वय गर्ने रिता शाहीलाई विस्थापित परिवारले धन्यवाद दिएका छन् । राहत वितरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराई, काँग्रेस नेतृ जुना दानी, उद्योग वाणिज्य संघका सचिव गोपाल कार्की लगायतको पनि सहभातिा रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै