होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा पुनः लकडाउन गर्ने तयारी
समाचार

धनगढीमा पुनः लकडाउन गर्ने तयारी

  • नागरिक रैबार
धनगढीमा पुनः लकडाउन गर्ने तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नका लागि छलफल भईरहेको बताए।

‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो,’ प्रवक्ता मुडभरीले भने, ‘अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ। यस्ले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको छ।’

विज्ञापन

उनले सोमवार पनि उप–महानगरपालिकामा छलफल भएको बताउँदै १०, १५ दिनका लागि लकडाउन गर्ने विषयमा धेरैको सहमती जुटेको बताए।

‘लकडाउन खुलेसंगै बजार क्षेत्रमा भीड बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढि भीड हुने स्वास्थ्य क्षेत्रमै न्यूनतम मापदण्ड समेत पूरा भएको छैन्। यस्ले झनै जोखिम बढाएको छ।’

भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको प्रवक्ता मुडभरीले दिनेश खवरलाई बताए।

समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ।

वडाध्यक्ष बलवहादुर ऐरले नजिकै आईरहेका चाडपर्वमा समेत भीडभाड बढ्ने देखिएकोले कोरोना भाईरस नियन्त्रणका लागि कडाइ गरिएको दिनेश खवरलाई बताए।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको जानकारी दिए। संक्रमित मध्ये ११ जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार