होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिमका ४२११ कोरोना संक्रमित निको भए
पत्रपत्रिका

सुदूरपश्चिमका ४२११ कोरोना संक्रमित निको भए

  • नागरिक रैबार
सुदूरपश्चिमका ४२११ कोरोना संक्रमित निको भए

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा सोमवार कोरोना मुक्त भएर थप सात जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

कञ्चनपुर, बैतडी र बझाङबाट दुई÷दुई र कैलालीबाट एक जना संक्रमितलाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार दुई सय ११ पुगेको छ।

विज्ञापन

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६६, अछामका सात सय १२,  डोटीका पाँच सय ७६, कञ्चनपुरका पाँच सय ७९, बैतडीका तीन सय २१ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय १० र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस ६ सय ३६ रहेका छन्।

सुदूरपश्चिममा संक्रमितको सङख्या ५ हजार २६ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा ८, महाकाली अस्पतालमा चार, जिल्ला अस्पताल डोटीमा २ र डडेल्धुरा अस्पतालमा एक जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार