होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वृद्धको ज्यान बचाउँन पत्रकारले दिए रगत
देश/प्रदेश

वृद्धको ज्यान बचाउँन पत्रकारले दिए रगत

  • नागरिक रैबार
वृद्धको ज्यान बचाउँन पत्रकारले दिए रगत

नागरिक रैबार
बाजुरा ४ असार
बाजुरा जिल्ला अस्पतालमा विरामी भएर भर्ना भएका एक जना ७० वर्षीया वृद्धलाई विहाबार जिल्लामा क्रियाशिल तीन जना पत्रकारले रगत दिएर ज्यान बचाएका छन् ।


बुढीनन्दा नगरपालिका वडा नं. ९ पाण्डुसैन निवासी वृद्ध गोरे गुरुङ्गको शरिरमा पानीको मात्रा बढी भएको र रगतको मात्रा कम भएर ज्यान जोखिममा रहेकाले निज विरामीलाई थप रगत आवश्यकता परेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

विज्ञापन

विरामी ७० वर्षीय वृद्धमा तीन प्वाइन्ट मात्र रगत भएपछि नेपाल रेडक्रस सोसाइटीका प्रयोगशाला इन्चार्ज जगत शाहीले तीनै जना पत्रकारलाई रगत दिन आग्रपछि वृद्धको ज्यान जोखिमबाट टरेको हो ।
विरामीको शरिरमा रगत कमी भएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको शरिरमा रगत कम भएपछि वृद्धको खुट्टा सुनिएको प्रमुख डाक्टर विश्वकर्माले बताए ।


जिल्लाका कार्यरत नेपाल पत्रकार महासंघ बाजुरा बझांगका संस्थापक सभापति एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित, नेपाल पत्रकार महासंघका सचिव एवं राससकर्मी प्रेम वि.क. र नेपाल प्रेसयुनियन बाजुराका अध्यक्ष, राससकर्मी एवं किनारा न्युजका सम्पादक प्रेम रौलेसमेत गरि ३ पाईन्ट रगत दिएर ७० वर्षीय वृद्ध गोरे गुरुङ्गको ज्यान बचाएका हुन् । .


वृद्धलाई तीनै जना पत्रकारले एक÷एक प्वाइन्ट अर्थात मिलिलिटर रगत दिएको प्रयोगशाला इन्चार्ज शाहीले बताएका छन् । रक्तदानपछि सामाजिक सेवामा समर्पित भएको महसुस भएको रक्तदाता समेत रहेका दयाराम पण्डितले बताएका छन् ।
अन्य काम भन्दा पनि रक्त दान नै जीवन दान भएकाले यो जीवनको ठूलो सामािजक सेवा भएको पण्डितले बताएका छन् । रक्तदानपछि गोरेका छोरा विरिन्द्र गुरुगले रगत दिने तीनै जना पत्रकारलाई धन्यवाद सहित खुसी व्यक्त गरेका छन् ।


विगतदेखि जिल्ला अस्पतालमा आएका विरामीहरुलाई रगतको अभाव भएका बेला नेपाली सेना, नेपाल प्रहरी पत्रकार लगातयले रगत दिएर ज्यान बचाउदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार