होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ‘कोरोना निको भएका हुनेले आफ्नो कथा सार्वजनिक गरौं, बिरामीलाई ऊर्जा मिल्छ’
Breaking News

‘कोरोना निको भएका हुनेले आफ्नो कथा सार्वजनिक गरौं, बिरामीलाई ऊर्जा मिल्छ’

  • नागरिक रैबार
‘कोरोना निको भएका हुनेले आफ्नो कथा सार्वजनिक गरौं, बिरामीलाई ऊर्जा मिल्छ’

काठमाडौं : कोरोना जितेकाहरू बाहिर आउनुस् कोरोना लागेपछि मरिहालिन्छ भन्‍ने गलत अफवाहलाई चिर्न जरुरी छ। यसका लागि व्यापक जनचेतनाको आवश्यकता देखिएको छ। कोरोना लागेपछि मृत्यु भइहाल्छ भन्‍ने आम बुझाइका कारण पनि मानसिक तनाव थपिँदै गएको छ।

नेपालमा हालसम्म नेपालमा कोरोनालाई  जितेर डिस्चार्ज भएकाको संख्या १ हजार १ सय ६७ नाघेको छ। कोरोनालाई जितेर घर फर्किएका सीमित व्यक्ति बाहेक अन्य अझै सार्वजनिक हुन सकेका छैनन्। कोरोनासँग लड्दा उनीहरूले भोगेको अनुभवले पनि क्‍वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिका लागि औषधिको काम गर्न सक्ने चितवनको पुरानो कलेज कलेज अफ मेडिकल साइन्सका इमर्जेन्सी विभागका प्रमुख डाक्टर रोहन झा बताउँछन्।

  डा. झा भन्छन्, ‘कोरोना जितको अनुभव बाँड्न जरुरी छ। कोरोना संक्रमित र क्‍वारेन्टाइनमा बस्नेलाई हौसला दिन जरुरी छ। सफलताका कथाले देशलाई कोरोनामुक्त हुन सहयोग गर्न मद्दत गर्न सक्छ।’ करोडौं खर्च हुँदा क्‍वारेन्टाइन अव्यवस्थित क्‍वारेन्टाइनमा करोडौं खर्च हुँदा पनि आमजनताले अझै सास्ती भोग्नु परेको छ।

विज्ञापन

क्‍वारेन्टाइनमा शौचालयसहितको कोठा, त्यो नभएमा न्यूनतम प्रति कोठा अधिकतम तीनजनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको तथा  विद्युत, पानी राम्रो भएको हुनुपर्छ। मुख्य गरी  कोठाको व्यवस्थापन प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने र क्‍वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्रीसहितको प्रतिसय जनाका व्यक्ति क्‍वारेन्टाइन बसेको ठाउँमा एकजना मेडिकल अधिकृत स्वास्थ्य परिचारिका एक, प्यारामेडिक एक, ल्याब टेक्निसियन हुनुपर्नेछ।

जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख भए पनि हाल बनाइएका धेरैजसो क्‍वारेन्टाइन सरकार आफैंले बनाएको मापदण्ड विपरीतका छन्। क्‍वारेन्टाइनमा रहेको महिला हिंसा हुनु सरकारी सुरक्षा कस्तो प्रबन्ध छ भन्ने आंकलन गर्न सकिने एक डाक्टर बताउँछन्।

‘अहिले  क्‍वारेन्टाइन भन्दा बाख्राको खोर केही व्यवस्थित छ। क्‍वारेन्टाइन बिरामी उत्पादन गर्ने केन्द्र बनेको छ। सरकारी मापदण्ड विपरीत बनाइएका क्‍वारेन्टाइनले कोरोना नियन्त्रण गर्छ भन्ने कुरामा हामीलाई विश्वास छैन।’ उनले नाम नबताउने शर्तमा ति डाक्टरले भने, ‘क्‍वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएन भने आत्महत्याको दर बढ्न सक्छ। सरकार यसतर्फ सचेत हुन जरूरी छ।’

मानसिक कारण अर्घाखाची र सुर्खेतको आत्महत्या मुल कारण नखुले पनि यो मानसिक तनावको एउटा कारण हुन सक्ने डाक्टर झा बताउँछन्। १४ दिन सीमित ठाउँमा बस्नुपर्ने, अव्यवस्थित बसोबास र आर्थिक सामाजिक प्रेसरले हरेक व्यक्ति तनावग्रस्त रहेकोले उनीहरूलाई मनोवैज्ञानिक असर परिरहेको डा. झाले बताए।

‘हामीले क्‍वारेन्टाइनमा पौष्टिक खाना र व्यवस्थित शौचालयको मात्र विषय उठान गरिरहेका छौं। यी चीज मात्र क्‍वारेन्टाइनमा बस्ने व्यक्तिका लागि सन्तुष्टिका आधार होइनन्। उनीहरूलाई मनोवैज्ञानिक रुपमा पनि असर परिरहेको छ’, उनले भने, ‘कोरोनासम्बन्धी परामर्श दिन सके मात्र आत्महत्या घटाउन सकिन्छ।

अन्यथा स्थिती भयावह हुन सक्छ।’ कतिपय केशमा दैनिक औषधि गरिरहेका व्यक्तिहरु पनि क्‍वारेन्टाइनमा बसिरहेका हुन सक्छन्। त्यसतर्फ पनि सोच्न जरुरी रहेको मानसिक अस्पताल लगनखेलका प्रमुख डाक्टर अनन्त अधिकारी बताउँछन्।

कोरोनालाई बढी महत्व दिइरहँदा अन्य बिरामीहरूले पनि सहजै औषधि सेवन गर्न सहजै पाइरहेका छैनन्। यस्तो बेला पनि मानसिक तनावले आत्महत्याको बाटो तय हुन सक्ने डा. अधिकारीले बताए।अर्घाखाँचीका एक पुरुषले क्‍वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरे।

झुण्डिएर आत्महत्या गरेका शितगंगा–५ गल्दा चित्रे बारीका ती ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो।  राति सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले क्‍वारेन्टाइन बनाइएको स्कुलको पूर्वतर्फको रुखमा तन्ना च्यातेर त्यसमै झुन्डिइ आत्महत्या गरेका हुन्।

यस्तै,  सुर्खेतकी एक युवतीले पनि क्‍वारेन्टाइनबाट निस्किएर घर गएपछि आत्महत्या गरिन्। क्‍वारेन्टाइनमा रहँदा उनमा आरडिटी पोजिटिभ देखिएको थियो। उनको मृत्युपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार पुगिसकेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरका क्‍वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना छन्। ५ हजार ९ सय ९० जना विभिन्‍न अस्पतालका आइसोलेशनमा उपचाररत छन् । तर, क्‍वारेन्टाइन व्यवस्थित नहुँदा कतिपय व्यक्ति बिरामी परिरहेका छन्।  खाना, शौचालय, बसोबास गर्ने स्थान व्यवस्थित नहुँदा कतिपय संक्रमितसमेत क्‍वारेन्टाइनबाट भागिरहेका छन्।

क्‍वारेन्टाइनमै आत्महत्या गर्न थालेपछि आवश्यक पूर्वाधार निर्माण र मापदण्डअनुसार काम नभएको प्रष्ट भएको छ।   केही दिनअघि अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत क्‍वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै