होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने
राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

  • नागरिक रैबार
राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

१ कात्तिक, काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

 

पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

पाठकका अनुसार यसवर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।

 

‘वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ ।’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले अनलाइनखबरसँग भने ‘टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि