होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज सबै अदालतको सेवा बन्द
देश/प्रदेश

आज सबै अदालतको सेवा बन्द

  • नागरिक रैबार
आज सबै अदालतको सेवा बन्द

काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

सप्तरी जिल्लामा विक्रम संवत् १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार