धनगढी : कोरोना भाइरस(कोभिड –१९)को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन्।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
फेसबुक प्रतिक्रियाहरु