नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ ।
नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकहरुको ५ दिनको तलव, जनप्रतिनिधिको ६ दिनको सुविधाबाट कट्टी गरि नगद राहत वितरण गर्ने निणर्य भएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।
कार्यपालिकाको बैठकले साउन २५ गते राति परेको अविरल वर्षाका कारण बुढीगंगा नदिो मुहानबाट आएको बाढी र पहिरोले नगरपालिका क्षेत्र अन्तरगत वडा नं. २ का वडा अध्यक्ष डम्बर महतकी आमा ऐसनी महतको बुढीगंगा नदिमा आएको बाढीले बगाई मानवीय क्षती भएको प्रति बडीमालिका नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।
त्यस्तै बुढीगंगा नदिमा आएको बाढीकै कारण बडीमालिकाको घाघर, रापक, जडाङ्गा, भौनेरा, ओलेना र मैमातोला क्षेत्र लगायतका अन्य स्थानमा नगरबासीको घरबास, बालीनाली सहित खेतियोग्य जमिन बगाई लगेको, मुख्य तथा सहायक मार्ग एंव साँफेवगर मार्तडी मुल सडक सहित वेलिव्रिज पुल बगाई तथा प्रयोग गर्न नसकिने अवस्था बनाएकोले स्थानीयहरुलाई आवत जावतमा समेत समस्या भएकोले यसको व्यवस्थापन गर्न नगरपालिका लागिरहेको छ ।
बुढीगंगा नदिमा आएको बाढीका कारण नगरवासीमा विपद्को घाउ लागिरहेको अवस्थामा जनताको घरदैलोको सरकारका हैसियतले बाढी पहिरोबाट प्रभावितहरुका लागि नगरप्रमुख सहित बडीमालिका नगरपालिकाका परिवार घटना घटेको दिनदेखि अहोरात्र रुपमा राहत वितरण, तथ्याकं संकलन तथा उचित व्यवस्थापनका लागि विभिन्न निकायहरुमा पहल कदमी एंव समन्वय गरि तत्कालिन र दिर्घकालिन राहत सहित समाधानको लागि कार्य गरिरहेको व्यहोरा समेत नगरकार्यपालिकाको बैठकमा नगरप्रमुख बडुवालले जानकारी गराएका थिए ।
।
बडीमािलकाका बाढीपिडित परिवारका लागि नगरपालिकाका कर्मचारीबाट ४ लाख ९५ हजार ५ सय ७४, शिक्षकहरुबाट ७ लाख ५१ हजार १ सय १ सय २२ र जनप्रतिनिधिहरुबाट १ लाख ३९ हजार ९ सय ३५ गरी १३ लाख ६८ हजार ६ सय ३१ रुपैयाँ संकलन हुने भएको छ ।
नगरपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुबाट संकलन हुने सो रकम बुढीगंगा नदिमा आएको बाढीले घरबास वगेका प्रभावितहरुलाई राहत स्वरुप प्रति परिवार २० हजारका दरले उपलव्ध गराउने भएको छ । त्यस्तै छानो बगेकाहलाई १० हजार र क्रिया खर्च वापत २० हजार उपवल्ध गराउने भएको छ । त्यसैगरि बाँकी रहेको रकम बालीनाली क्षतीको विस्तृत प्रतिवेदनका आधारमा उचित सहयोग गर्ने नगरपालिकाले निणर्य गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु