होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मालिका माविले वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्दै
देश/प्रदेश

मालिका माविले वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्दै

  • नागरिक रैबार
मालिका माविले वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्दै

नागरिक रैबार/बाजुरा ४ जेठ। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक शत्र ०७६ मा लिएकाे वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत फागुन २७ गतेबाट संचालन भएको बार्षिक परिक्षाको नतिजा प्रकाशन गर्ने सम्वन्धमा विद्यालयमा आवश्यक निर्णय भए पश्चात भोली सोमबार वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । विद्यालयले आईतबार एक सूचना जारी गर्दै विद्यालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको विद्यालयले जनाएको छ ।

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाईरस (कोभिड–१९ का कारण यस अघि विद्यालयले वार्षिक परिक्षाको नतिजा स्थगित गरेको थियो । विद्यालयले गत फागुन २७ गतेबाट कक्षा ५ बाहेक कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा संचालन गरेको थियो । जसमा १२ सय बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका थिए ।

विज्ञापन

विद्यालयले नजिकै रहेका विद्यार्थीहरु विद्यालयमा आएपछि सामाजिक दुरी कायम गराएर विद्यार्थीको नतिजा प्रदान गर्ने बताएको छ । साथै विद्यार्थीहरुले टेलिफोन मार्फत पनि आफ्नो परिक्षा फल थाहा पाउने गरि व्यवस्था मिलाएको छ । त्यस्तै कक्षा आठको हकमा दुई विषय सम्ममा डि प्लस ग्रेड प्राप्त नगरेका विद्यार्थीहरुको ग्रेड सुधार परिक्षा हुने समेत जानकारी गराएको छ ।

साथै भाेली नै सदरमुकामकै अर्को विद्यालय बालमन्दिर आधारभुत बिधालयले पनि कक्षा १ देखि ८ सम्मको बार्षिक परिक्षाको परिक्षा फल (नतिजा ) प्रकाशन गर्ने भएको छ ।No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार