बलात्कार प्रयासकाे आरोपमा बन्दी रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासकाे आरोपमा उनी गत १९ असोजमा पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए ।
सफाइ पाएसंगै महराकाे सांसद पदकाे निलम्बन फुकुवा हुने छ ।
फेसबुक प्रतिक्रियाहरु