होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • शिक्षकलाई कोरोना देखिन थालेपछि डडेल्धुराका विद्यालय बन्द
देश/प्रदेश

शिक्षकलाई कोरोना देखिन थालेपछि डडेल्धुराका विद्यालय बन्द

  • नागरिक रैबार
शिक्षकलाई कोरोना देखिन थालेपछि डडेल्धुराका विद्यालय बन्द

डडेल्धुरा: डडेल्धुरामा विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि विद्यालयहरु पुनः बन्द गरिएका छन्। गत चैतदेखि बन्द अवस्थामा रहेका विद्यालय केही समय सञ्चालनमा आएका थिए।

तर शिक्षकहरुलाई नै कोरोना संक्रमण देखिएपछि जिल्लाको ६ वटा विद्यालय पुनः बन्द भएका छन्। ७ स्थानीय तहमध्ये आलिताल, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकाका ६ वटा विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय एकाई डडेल्धुराले जनाएको छ।

जिल्लाकोे आलिताल गाउँपालिका–५ मा रहेको सरस्वती मावि भित्रीसैन, बालकल्याण मावि बाहिरसैन, अमरगढी नगरपालिकाको घटाल मावि नुवाकोट, उग्रतारा मावि पोखरा र अजयमेरु गाउँपालिकाको देवल मावि दिव्यपुर, केदार शिशु सुधार मावि मटेला बन्द भएका एकाई प्रमुख रामदत्त भट्टले जानकारी दिए।

विज्ञापन

संक्रमण नदेखिएका विद्यालयहरू भने संचालनमा रहेका छन्। जिल्लाभरमा समुदाय र संस्थागत गरी २ सय ८५ विद्यालय रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ८ घन्टा अगाडि