बाजुरा — बाजुरामा साउन २६ गते बिहान ३ बजे गएको बाढि र पहिरोमा परि बिपत्तीमा परेका पिडीतहरुलाई बडिमालिका मिडिया हाउसको समन्वयमा राहत बितरण गरिएको छ । बिश्व बिख्यात रक्तदाता अर्जुन प्रशाद मैनाली र बाजुरा बडिमालिका नगरपालिका ७ ढम्कने स्थायी बसोबास गर्ने हाल जापानमा रहेका प्रेम बहादुर बोगडीको सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा राहत साम्रगी बितरण गरिएको हो ।
बडिमालिका नगरपालिका २ घागरका ४ परिवारलाई राहत आज बडिमालिका नगरपालिका वडा न २ का वडाअध्यक्ष डम्मर महतको समन्वयमा राहत साम्रगी बितरण गरिएको मिडिया हाउसका प्रकाशक तथा सम्पादक प्रकाश सिहंले बताए ।
वडा न २ का अति पिडीत रहेका लालि महतको परिवार करबिर नाथ, धनी महत र अम्मर महतको परिवारलाई चामल, कम्मल म्याट, र एक/ एक जोडी लगाउने लुगा, साबुन तेल लगायतका साम्रगी बितरण गरेको सिंहले बताए ।
प्रति परिवार एक कट्टा चामल, परिवारका सदस्यहरुलाई एक/एक जोर लगाउने लुगा, कम्मल, साबुन तेल लगायतका साम्रगी बितरण गरिएको छ । यसरी सहयोेग गरेकोमा सहयोेगीहरुलाई पिडितहरुले धन्यबाद दिएका छन । फेरी िपनी सहयोग गर्न अनुरोध समेत गरेका छन ।
फेसबुक प्रतिक्रियाहरु