होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ बाजुराद्धारा मिडिया विधेयक संसोधनको माग
समाचार

पत्रकार महासंघ बाजुराद्धारा मिडिया विधेयक संसोधनको माग

  • नागरिक रैबार
पत्रकार महासंघ बाजुराद्धारा मिडिया विधेयक संसोधनको माग

नागरिक रैबार/बाजुरा ३२ साउन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाले मिडिया विधेयक संसोधनको माग गरेको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आईतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत सुदूरपश्चिम प्रदेशका सभामुखलाई मिडिया विधेयक संसोधनको माग गर्दै प्रेस विज्ञप्ति पेश गरेको हो ।

नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम  बहादुर वि.क द्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा सुदुरपश्चिम प्रेदश सभाद्धारा हालै पारित रेडियो एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक केहि प्रावधानहरु नेपालको संविधान र पुणर् प्रेस स्वतन्त्रता मर्म विपरित रहेकोले सुरु देखि नै नेपाल पत्रकार महासंघ त्यस्ता व्यवस्थापनहरु हटाउनु पर्ने माग गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा विधेयक प्रदेश सभामा दर्ता भएकै कारणले गर्दा नेपाल पत्रकार महासंघले सभामुख, आन्तरीक मामिला तथा कानुन मन्त्री ,विधायन तथा प्रदेश मामिला समितीका सभापति समक्ष विधेयकमा सुधार्नु पर्ने अर्थ प्रेस स्वतन्त्रता विपरितका व्यवस्थापन लगायतका माग राखेको छ ।

विज्ञापन

प्रदेश सरकारले ल्याएकोे विधेयकमा  प्रेश स्वतन्त्रता विपरितका  भएकाेले सच्याउन माग सहित दवाव स्वरूप साे बिज्ञप्ती दिएकाे नेपाल पत्रकार महासघं बाजुराका सचिव प्रेम बिकले बताएका छन् ।

प्रदेश सरकारले ल्याएकोे विधेयकमा पे्रस स्वतन्त्रता विपरितका सर्वसम्वत रुपमा पारित विधेयकमा प्रेस स्वतन्त्रतामा व्यवस्था हुने प्रावधान कायम राखिएको छ । उल्लेखित प्रेस स्वतन्त्रतामा व्यवधान हुने प्रावधानहरु माथि पुनः विचार गरि विधेयक संशोधनको माग सहित प्रेस विज्ञप्ति पेश गरेको पत्रकार महासँघ बाजुराका अध्यक्ष प्रकाश सिहँले बताए ।

प्रेस विज्ञप्ति बुझाउन आईतबार नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, उपाध्याक्ष निमेन्द्र शाही सचिव प्रेम विक लगायत पत्रकारहरु जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेका थिए ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै