होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • आईएनफ बाजुराद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग
हिमाली

आईएनफ बाजुराद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
आईएनफ बाजुराद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

नागरिक रैबार/बाजुरा १ साउन। लामो समयको बन्दाबन्दीका कारण खाद्यन्नको अभाव झेलिरहेका बडीमालिका नगरपालिका ९ का विपन्न परिवारलाई आईएन एफ बाजुरा शाखाले खाद्यन्न सामाग्री वितरण गरेको छ ।

विहिबार बडीमालिका नगरपालिका वडा नं. ९ का १ सय ७ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार ३० केजि चामल, २ केजि दाल, २ पोका नुन र २ केजि चिनी लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कोभिड-१९ को प्रति कार्ययोजना राहत तथा स्वच्छता सामाग्री वितरण कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ का एकल महिला, अपाङ्ग र गरिब विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको आईएन एफ बाजुराका परियोजना संयोजक जुहारीलाल कार्कीले बताएका छन् ।

विज्ञापन

आईएनएफ बाजुराले कोभिड-१९ का कारण प्रभावित वनेका विपन्न परिवारका लागि खाद्यन्न सहयोग गरेपछि स्थानीयहरुलाई केही दिनका लागि भएपनि परिवारको गुजरा चलाउन सकिने भएको छ ।

आईएन एफ नेपाल बाजुरा शाखा विगत ६ वर्षदेखि बाजुरामा विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । शाखाले जिल्लामा स्वास्थ्य, कृषि र सरसफाई लगायत जिविकोपार्जनका क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको छ । आईएन एफ बाजुराले कोभिड- को प्रतिकार्ययोजना बनाएर जिल्लाको बुढीनन्दा, बडीमालिका नगरपालिका, स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकामा राहत वितरणका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

राहत वितरण कार्यक्रममा बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक, वडा सदस्य विरबहादुर हमाल, लालचन्द्र नेपाली, तुला विष्ट, सुना लवार, आईएनएफ बाजुराका जिल्ला संयोजक जुहारीलाल कार्की, तिलक भण्डारी, नरदिप ओड लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार