होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा विवाद : सहमति खोज्न ओली, दाहाल र नेपालबीच त्रिपक्षीय छलफल सुरु
देश/प्रदेश

नेकपा विवाद : सहमति खोज्न ओली, दाहाल र नेपालबीच त्रिपक्षीय छलफल सुरु

  • नागरिक रैबार
नेकपा विवाद : सहमति खोज्न ओली, दाहाल र नेपालबीच त्रिपक्षीय छलफल सुरु

काठमाडौँ, १ साउन । पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ ।

मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा सहमति जुट्न नसकेपछि बिहीबार नेपालसहितको त्रिपक्षीय छलफलमा जुटेको बताइएको छ ।

पार्टीभित्रको विवाद मिलाउने र स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका हुन् । प्रधानमन्त्रीको राजीनामा र एजेण्डाको विषयमा अध्यक्ष दाहाल र नेपालको मत एउटै रहको छ ।

विज्ञापन

१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्नु भएको थियो भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान कायम राख्नु भएको छ ।

यसअघि विवाद मिलाउनको लागि नेकपा अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच पटक पटक वार्ता भएपनि समाधान हुन सकिरहेको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार