नागरिक रैबार/बाजुरा २ असार। बडीमालिका नगरपालिकाको सदरमुकम मार्तडीमा रहेको क्वारेनटिनमा रहेका ब्यक्तिहरु सडमा निष्केका छन् । क्वारेनटाइमा बसेको एक महिना वितिसक्दा पनि पिसआिर रिर्पोट नाएको भन्दै आफ्नो सरसमान सहित सडकमा निष्कीएका हुन् ।
आरडिटि परिक्षणका क्रममा पोजेटिभ देखिएकाहरुले स्वाव संकलन गरेको लामो समय सम्म पनि रिर्पोट नआएकाले घरजाने भन्दै बाहिर निष्कीएका हुन् । कि हामीलाई कोरोना लागेको प्रमाणीत गर्नु पर्यो कित हामीलाइ घरजान दिनु पर्यो क्वारेनटाइमा रहेकी एक महिलाले बताउनु भयो ।
सरकारले क्वारेनटाइनमा राखेर मानसिक तनाव दिएको भन्दै घरजान पाँउनु पर्ने उनिहरुको माग रहेको छ । क्वरेनटिनमा १४ दिन बसेपछि आरडिटि परिक्षणमा पोजेटिभ देखिएका ब्यक्तिहरुलाई पिसिआर परिक्षण गरेर रिर्पोट नेगेटिभ आएकालाई मात्र घर पठाँउने प्राव्धान रहेको छ । क्वारेनटाइनमा बसेको २९ दिन पुरा हुँदा समेत रिर्पोट नआएपछि उनिहरु आफुखुसी घरजान लागेका हुन् ।
जिल्लाबाट नमुना पठाइएको भएपनि प्रदेश तहबाट परिक्षमा तिव्रता नदिएपछि समस्या भएको बडिमालिका नगरपालिकाका उप प्रमुख कविता विष्टले बताउनु भयो ।
पिसिआर परिक्षणमा प्रदेस सरकार तथा स्वास्थ्य संस्था हरु सम्वेदन नहुँदा जिल्लाका क्वरेनटाइनमा बिद्रोह बढ्ने र कोरोना संक्रमण नियन्त्रण बाहिर जनसक्ने देखिएको छ ।
आरडीटीमा पोजेटिभ देखिएका तर कुनै पनि लक्षण नदेखिएकाहरुलाई पसिआर परिक्षण विना नै घरपठाउन सकिने जिल्लास्तरिय कोराना संकट ब्यबस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भयो ।
अन्य जिल्लाहरुमा पसिआर रिर्पोट पोजेटिभ आएका कुनै लक्षण नदेखिएकालाइ घरपठाउने गरेकाले १४ दिन पुरा भएका आरडिटी पोजेटभिलाई घरपठाइने जिल्ला अधिकारी गैरेले बताउनु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु