होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा पनि नेपाली काँग्रेसको विरोध प्रर्दशन
राजनीति

बाजुरामा पनि नेपाली काँग्रेसको विरोध प्रर्दशन

  • नागरिक रैबार
बाजुरामा पनि नेपाली काँग्रेसको विरोध प्रर्दशन

नागरिक रैबार/बाजुरा २९ मंसिर। नेपाली काँग्रेसले बाजुरामा पनि केपि ओली नेतृत्वको सरकारको विरोधमा मार्तडीमा प्रदर्शन गरेको छ ।

वर्तमान सरकारको कार्यशैलीले बेथिति बढेको भन्दै प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।

सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकबाट सरकारको विरोध गर्दै नारा जुलससहित सडकमा उत्रेको नेपाली काँग्रेस बाजुराले विरोध प्रर्दशनको कोण सभा लोकतान्त्रिक चोकमा गर्ने जनाएको छ ।

विज्ञापन

विरोध सभालाई नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डित, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी लगायत बाजुराका काँग्रेस नेताले सम्बोधन गर्ने नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्तावादी प्रवृति, दम, भ्रष्टाचार कोभिड १९ को नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मुल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैलि र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरोधमा नेपाली काँग्रेस बाजुराले पनि बाजुरामा विरोध प्रर्दनमा उत्रेको पार्टी सभापति कविराज पण्डितले बताएका छन् ।
विरोध सभामा जिल्ला भरबाट काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि