होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मदिरा पिउन ५० रुपैयाँ नदिँदा फुपुको हत्या
देश/प्रदेश

मदिरा पिउन ५० रुपैयाँ नदिँदा फुपुको हत्या

  • नागरिक रैबार
मदिरा पिउन ५० रुपैयाँ नदिँदा फुपुको हत्या

मदिरा पिउन ५० रुपैयाँ नदिँदा कपिलवस्तुमा एक व्यक्तिले फुपुको हत्या गरेको खुलेको छ । पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाँको घरमा डेरा गरी बस्ने २३ वर्षीय तोरणबहादुर खड्का रहेका छन् ।

गत मंसिर २७ खड्का र उनकी फुपु ५९ वर्षीया सुशीला खड्काले गते राति ९ बजेसम्म घर पछाडीसँगै बसेर मदिरा सेवन गरेको र थप मदिरा किन्न जानका लागि फुपुसँग ५० रुपैयाँ मागेको तर फुपुले दिन नमानेपछि हत्या गरेको खुलेको हो ।

आइतबार घरपछाडी रक्ताम्मे अवस्थामा शव छ भन्ने सूचना आएको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी नवराज अधिकारीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार खड्काले ईटा र मसला पिस्ने सिलौटोले प्रहार गरि हत्या गरेको खुल्न आएको छ ।

विज्ञापन

प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीका अनुसार तालुक कर्णाली प्रदेश केनाई शाखा बाँकेबाट जम्बो नामक तालिम प्राप्त कुकुर झिकाई आइतबार विहान ६ बजेको समयमा घटना स्थलको अनुसन्धान गर्दा खड्काले फुपुको हत्या गरेको खुल्न आएको हो ।

खड्कालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले आफुहरु दुबै जना मदिरा सेवन गरेर बसेको र थप पिउनका लागि फुपुसँग ५० रुपैयाँ आफुले मागेको तर नदिए पछि ईटा र मशाला पिस्ने सिलौटाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार