होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु
समाचार

कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु

  • नागरिक रैबार
कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु

२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् ।

यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको बिरामी ती महिलामा यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । ती पुरुषको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार