होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी
देश/प्रदेश

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

  • नागरिक रैबार
बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार