होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा सार्वजनिक यातायात सञ्चालन
समाचार

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

  • नागरिक रैबार
उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

काठमाडौं : काठमाडौं उपत्यका सार्वजनिक यातायात सञ्चालनमा आएकोे छ। बन्दाबन्दीपछि मयूर यातायातले उपत्यकामा यात्रु सेवा सुरु गरेको हो। सरकारले असार २६ गतेदेखि ५० प्रतिशत क्षमतामा यात्रु बोक्न दिने गरी सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको थियो। तर ठूला यातायात कम्पनीले सरकारसँग विभिन्न सर्त राखेर यातायात सञ्चालन गरेका छैनन्।

मयूर यातायातले २६ गतेदेखि नै यात्रु सेवा सुरु गरेको अध्यक्ष मोहन श्रेष्ठले बताए। सार्वजनिक यातायात सुरु भएको पहिलो दिनै तीन वटा बसबाट सेवा सञ्चालन गरेको कम्पनीले सोमबारसम्म ७ वटा बस सञ्चालन ल्याएको छ। कम्पनीले चक्रपथ, भक्तपुरको साँगा र काभ्रेको धुलिखेलसम्म बस सञ्चालन गर्दै आएको छ।

मयूर यातायातसँग ४४ वटा बस भए पनि यात्रुको चाप कम भएकाले थोरै बस निकालिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘यात्रुको चापअनुसार बस बढाउँदै लाने छौं। केही गाडीलाई मर्मतको आवश्यक छ’, श्रेष्ठले भने, ‘चहलपहल बढेसँगै विस्तारै सबै बसबाट सेवा लिनेछौं।’

विज्ञापन

मयूरले चालक, सहचालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यातायात सेवा सुरु गरेको छ। चालक तथा सहचालकलाई पीपीई, माक्स र पञ्जाको व्यवस्था गरेको छ। स्यानिटाइजर लगाएर मात्रै बसमा चढ्ने व्यवस्था गरिएको छ। एक साता भित्रमा थर्मेगनबाट यात्रुको तापक्रम जाँच सुरु गरिने उनले बताए। सरकारले तोकेअनुसार आधा सिट क्षमतामा यात्रु बोक्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरिएको छ।

‘गाडीलाई ग्यारेजमै थन्काउनुभन्दा सेवा सुरु गर्दा व्यवसायीको हित हुन्छ। गाडी नचलाई राख्दा पाटपूर्जा झनै बिग्रिन्छ। सरकारसँग माग राखेर मात्रै समस्या हल हुँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘ऋण लिएको बैंकसँग छलफल गरेर पुनर्कर्जा लिन सकिन्छ।’ यातायात सेवा सुरु गर्दा कमाइ हुनुका साथै गाडी पनि सुरक्षित हुने श्रेष्ठको भनाइ छ।

विद्युतीय सवारीमार्फत यात्रु बोक्ने सुन्दर यातायातले पनि मंगलबारदेखि सेवा सुरु गर्ने भएको छ। सुन्दर यातायातले यात्रुसँग ५० प्रतिशत बढी भाडा असुल गर्नेछ। सुन्दरले पुरानै भाडाले लिने जानकारी दिएको छ।

सरकारको सेयर रहेको साझा यातायातले साउन १ गतेदेखि यात्रु सेवा सुरु गर्नेछ। ‘गाडीको मोबिल फेर्ने र मर्मतको काम भइरहेको छ। चालक र सहचालकसँग सम्वाद अघि बढाइएको छ’, साझाका कार्यकारी निर्देशक भूषण तुलाधरले भने, ‘सुरक्षा उपकरण जोहो गरिएको छ।’ आवश्यक तयारी पूरा गरेर साउन १ गतेदेखि बस सञ्चालन गरिने उनले बताए। साझासँग ७१ वटा बस छन्। पहिला मुख्य रुट र यात्रुको चाप हुने स्थानमा आवश्यकताअनुसार बस सञ्चालन गरिनेछ। अन्नपूर्ण पाेष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार