नागरिक रैबार ।
बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो ।
गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरेको प्रेस संगठन बाजुराका अध्यक्ष बसन्त विश्वकर्माले बताए ।
सुरक्षा तथा सरसफाइका लागि प्रति व्यक्ति एक वटा सेनिटाइजर, एक वटा एन नाइटी फाइन मास्क, १० वटा सर्जिकल मास्क र गलब्सहरु सहयोग गरिएको हाे ।
फेसबुक प्रतिक्रियाहरु