३२ जेठ, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएकाे पहिराेमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको अनलाइनखबरलाई बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।
घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।
पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु