होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहमतिको खाकाबेगर काँग्रेस बैठक बस्दै, देउवा–सिटौला एक ठाउँमा
समाचार

सहमतिको खाकाबेगर काँग्रेस बैठक बस्दै, देउवा–सिटौला एक ठाउँमा

  • नागरिक रैबार
सहमतिको खाकाबेगर काँग्रेस बैठक बस्दै, देउवा–सिटौला एक ठाउँमा

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सन्दर्भ र सरकारका विरुद्धको आगामी रणनीतिका विषयमा छलफल हुने काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै तत्कालीन राप्रपा नेता सुनिल थापा समूहको व्यवस्थापन र सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय लिने महतले बताए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएको मुद्दाका विषयमा सहमतिको खाका तयार नभएकाले बैठक सहज रुपमा सञ्चलन हुनेमा आशंका देखिन्छ ।

१४औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिका पौडेल पक्षको फरक मत छ ।

विज्ञापन

यी विषयमा २३ असोजमा शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेताबीच छलफल असफल बन्यो ।

महामन्त्रीद्वय कोइराला र खड्कासहित नेता अर्जुननरसिंह केसी, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रमेश लेखक र आन्नद ढुंगानाबीच मंगलबार, बुधबार र विहीबार छलफल भएपनि सहमति तय हुन सकेन । सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच महाधिवेशनको तिथि मितिमा मुख्य मतभेद देखिएको छ । आगामी फागुन ७–१० को निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित छ ।

त्यसका लागि स्थानीय तहका अधिवेशन पुस ६ बाट माघ ६ गतेसम्म सक्ने भनिएको छ । तर कोरोना महाव्याधिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणकै काम प्रभावित हुँदा महधिवेशन तालिका पनि प्रभावित भएको छ । फागुनमा महाधिवेशन गर्न नसकिनेमा नेताहरु पुगेको पाइन्छ ।

तर महाधिवेशन तालिका संशोधनमा पौडेल पक्ष तयार छैन । पौडेल पक्षीय नेता बलबहादुर केसीले अहिले महाधिवेशनको कार्यतालिका संशोधन गर्न नहुने आफूहरुको अडान रहेको रातोपाटीलाई बताए ।

क्रियाशील सदस्यताको टुङ्गो लागेपछि मात्र अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधनको गर्न सकिने पौडेल पक्षको तर्क छ ।

सभापति देउवा पक्ष भने जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेर जानुपर्ने पक्षमा छ । देउवा पक्षको प्रस्तावमा नेता कृष्णप्रसाद सिटौला पक्ष पनि सहत देखिन्छ ।

सिटौला पक्षले पनि महाधिवेशनको तालिका प्रभावित भइसकेकाले संशोधन गरेर जेठमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थियो ।

अहिले नै केन्द्रीय महाधिवेशन हुन नसक्ने भनेर जान नहुने पौडेल पक्षको अडानले बैठकको ठोस एजेण्डा तय हुन सकेको छैन । मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लागे फागुनभित्रै केन्द्रीय महाधिवेन गर्ने सकिने पौडेल पक्षको दाबी छ ।

सहमहामन्त्री महतका अनुसार दुई पक्षीबीच मुख्यत: यही विषयमा मतभेद देखिएको छ । तर आजको बैठक नरोकिने महतको भनाइ छ । सहमतिबाट एजेण्डा तय नभए पनि पौडेल पक्षले बैठक बहिस्कारको नीति नलिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार