होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्को सिजन पीएसजी छाड्न चाहन्छन् एमबाप्पे
समाचार

अर्को सिजन पीएसजी छाड्न चाहन्छन् एमबाप्पे

  • नागरिक रैबार
अर्को सिजन पीएसजी छाड्न चाहन्छन् एमबाप्पे

२८ भदौ, काठमाडौं । फ्रेन्च युवा स्टार खेलाडी किलिएन एमबाप्पे आउने सिजनमा फुटबलको हट टपिकको रुपमा रहने सम्भावना छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने पीएसजीसँग एमबाप्पेको सम्झौता २०२१-२२ को सिजनको अन्त्यसम्म छ । तर अहिलेसम्म सम्झौता थप्ने बारेमा क्लबको प्रतिनिधिसंग एमबाप्पेको कुनै छलफल भएको छैन ।

यसैबीच एमबाप्पेले अर्को सिजन क्लब छाड्न चाहेको खबर सार्वजनिक भएको छ । एमबाप्पेले क्लबको बोर्डलाई अर्को समरमा क्लब छाड्न चाहेको बताएको दि टाइम्सलाई उदृत गर्दै स्पानिस अनलाइन मार्काले लेखेको छ ।

अब एमबाप्पेको लागि सुहाउने क्लब खोज्नु पर्ने मार्काले उल्लेख गरेको छ । पछिल्लो समय स्पानिस जायन्ट रियल मड्रिडले एमबाप्पेलाई भित्र्याउने चर्चासमेत थियो । तर कोरोना महामारीले त्यसो हुन सकेन । कम्तीमा यो सिजन एमबाप्पेले पीएसजीमै खेल्नेछन् ।

यद्यपि रियल बाहेक अन्य क्लबहरुहरुले पनि एमबाप्पेमाथि नजर राखिरहेका छन् । प्रिमियर लिगका दुवै म्यानचेष्टर क्लबसँग स्पानकै अर्को जायन्ट पुटबल क्लब बार्सिलोनाले समेत एमबाप्पेलाई क्लबमा ल्याउन प्रयास गर्नेछ ।

यदि अर्को सिजन लिओनल मेस्सीले क्याम्प नोउ छाडेमा बार्सिलोना पनि एमबाप्पे भित्र्याउनअघि आउन सक्ने मार्काले जनाएको छ ।

कोरोना संङ्क्रमण भएकोले हाल सेल्फ आइसोलेसनमा रहेका एमबाप्पेले फ्रेन्च लिग वानको पहिलो खेल गुमाएका थिए । साथै आइतबार मार्सेविरुद्ध हुने खेलसमेत उनले गुमाउने सम्भावना छ ।

उनले आउने जुलाईको अन्तयमा क्लब छाड्ने आफ्नो मनसाय राखिसकेका छन् र नयाँ चुनौती खोजिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार