होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • श्रीमती लिन ससुराली पुगेका युवककाे हत्या, ससुरासहित ५ जना पक्राउ
अपराध

श्रीमती लिन ससुराली पुगेका युवककाे हत्या, ससुरासहित ५ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
श्रीमती लिन ससुराली पुगेका युवककाे हत्या, ससुरासहित ५ जना पक्राउ

२८ भदौ, काठमाडौं । बाँकेमा आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित पाँच जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै