होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कालोपट्टी बाँधेर नेविसंघका विद्यार्थी सडकमा उत्रिए (तस्वीरसहित)
देश/प्रदेश

कालोपट्टी बाँधेर नेविसंघका विद्यार्थी सडकमा उत्रिए (तस्वीरसहित)

  • नागरिक रैबार
कालोपट्टी बाँधेर नेविसंघका विद्यार्थी सडकमा उत्रिए (तस्वीरसहित)

नागरिक रैबार/बाजुरा ३१ बैशाख। भारतले गरेको लिपुलेख–कालापानी अतिक्रमणका विरुद्ध नेपाल बिधार्थी संघ बाजुराले शान्तिपूर्ण बिरोध प्रर्दशन गरेको छ ।

सदरमुकाम मार्तडीमा नेपाल विद्यार्थी संघका सयौं विद्यार्थीहरुले हात र टाउकोमा कालोपट्टी बाँधेर भारतले सिमाना अतिक्रमण गरेको विरुद्ध प्रर्दशन गरेका हुन् ।
शान्तिपूर्ण रुपमा प्रर्दशनमा उत्रिएका नेविसंघ बाजुराका विद्यार्थीहरुले ओली सरकारले नेपाली भुमिको रक्षा नगरेको आरोप समेत लगाएका थिए ।

नेबिसंघले प्रर्दशनकै क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि ५ मिनेट मौन भएर सरकारको बिरोध गरेको थियो ।शान्तिपूर्ण तरिकाले विरोधमा उत्रिएको नेबिसंघले नेपाली भुमिको रक्षा गर्नका लागि ओली सरकारलाई दवाव दिन हिजो जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र समेत बुझाएको थियो ।

विज्ञापन


हिजो साँझ नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिको राँके जुलुस सहित पुत्ला जलाएको थियो । पुत्ला जलाउने क्रममा नेबिसघका नेता तपेस रावल ,गोरख थापा, अनिल शिह लगायतका विद्यार्थी नेता कार्यकर्ता समेत समान्य घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार