होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालुवाटारमा हेलिप्याड बनेपछि भट्टराईको व्यंग्यः ‘जुन गोरुको सिंग छैन उसैको नाम तिखे’
समाचार

बालुवाटारमा हेलिप्याड बनेपछि भट्टराईको व्यंग्यः ‘जुन गोरुको सिंग छैन उसैको नाम तिखे’

  • नागरिक रैबार
बालुवाटारमा हेलिप्याड बनेपछि भट्टराईको व्यंग्यः ‘जुन गोरुको सिंग छैन उसैको नाम तिखे’

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले ओलीप्रति लक्षि गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका छन् । ‘जुन गोरुको सिंग छैन उसैको नाम तिखे’ भन्दै व्यंग्य गरेका छन् ।

‘सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, ‘जुन गोरूको सिंग छैन उसको नाउँ तिखे ?’

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमै हेलिप्याड बनेपछि अब प्रधानमन्त्रीले हेलिकप्टरमा बाहिर जाँदा विमानस्थलको बाटो प्रयोग नगर्ने र यसले सर्वसाधारणलाई ट्राफिक जामको सास्ती नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालुवाटारमै हेलिप्याड बनेपछि प्रधानमन्त्री ओली बुधबार विमानस्थल नगई बालुवाटारबाटै नेपाली सेनाको हेलिकप्टर चढेर संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी भई फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै