होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा देउसी–भैलो खेल्न रोक
समाचार

बाजुरामा देउसी–भैलो खेल्न रोक

  • नागरिक रैबार
बाजुरामा देउसी–भैलो खेल्न रोक

बाजुरा :२७ कात्तिक, । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएपछि तिहारको समयमा देउसी–भैलौ तथा भीडभाड गर्न नपाइने   भएको छ ।

चाडपवर्को समयमा बढी आवतजावत हुनभएकोले कोरोना संक्रमण फैलिने हुँदा स्थानीयले  घरभित्रै सुरक्षित पर्व मनाउन आग्रह गरेको छ । तिहारमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले दशैं, गौरा छठ, लगायतका पर्वमा जसरी सुरक्षा अपनाईएको थियो । त्यसरी नै सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका बताए ।जिल्ला प्रशासन कार्यालय बाजुराले चाडपर्व ब्यवस्थापन सम्बन्धी सुचना प्रकाशन गर्दै तिहारमा जमघट भएर खेलिने देउसी–भैलो  लगायतका कार्यक्रममा समेत  रोक लगाएको छ ।

तिहार नजिकिए संगै चहलपहल बढेका छ । जिल्ला बाहिर तथा भारत बाट जिल्ला प्रवेश पनि बढेको छ । जसले कोरोना संक्रमणको दरलाई बढाउने उनले बताए । जिल्ला प्रशासन कार्यालय बाजुुराले अत्यावश्यक काम बाहके घर बाहिर ननिस्कन र अत्यावश्यक काममा निस्किदा स्वास्थ्य सम्बन्धी मापदण्डको अनिर्वाय रुपमा पालन गर्न आग्रह गरेको छ ।

त्यस्तै देउसी–भैलो लगायतका भीडभाड हुने कार्यक्रममा सहभागी नहुने र बालबालिकालाई पनि त्यस्ता कार्यक्रममा नपठाउन  हुन अभिभावकलाई पनि प्रशासनले सचेत गराउन आग्रह गरेको  छ ।

जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढिरहेको सन्दर्भमा  चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गरिएको छ । यसैगरी मेला महोत्सव, जात्रा, खेलकुद र धार्मिक कार्यक्रममा समेत भिडभाड र जमघट र मदिराको बेचविखन र सेवन नगर्नसमेत सूचनामा आग्रह गरिएको छ। भीडभाड हुने गरी शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना, विद्युत, खानेपानी, स्वास्थ्य सञ्चार लगायतका सेवा प्रवाह गर्ने निकायले सेवा प्रवाहमा अवरोध नहुने गरी आवश्यक उपभोग्य बस्तुको आपुर्तिलाई सहज बनाउन, कालोबजारी, कृत्रिम, आभाव हुन, गर्न नदिन सम्पूर्ण उद्योगी, व्यवसायी र सम्बन्धित सबैलाईलाई जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै