धनगढी: बालिकालाई अश्लिल फोटो र सन्देश पठाएर हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेलबुकमार्फत फेकआइडी बनाएर बालिकालाई यौनजन्य, अश्लिल फोटो र सन्देश पठाउने सिन्धुपाल्चोकका २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका नेपालीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु