डोटी: डोटीमा एक बुवाले छोरामाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि चक्कु प्रहार गरेका हुन ।
घरायसी विवादमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् ।
चक्कु प्रहारपछि छोरा घाइते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत रहेका छन् ।
घटनापछि प्रहरीले बुवालाई नियन्त्रणमा लिएको र वडाअध्यक्ष नरेश खड्काको जवानीमा छाडेको प्रहरी स्रोतले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु