होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
समाचार

आजबाट तिहार

  • नागरिक रैबार
आजबाट तिहार

हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक सुरु हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेका छन् ।

 

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

समितिका अनुसार गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार हुनेछ । आइतबार बिहान ११ :२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

 

मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्‌को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदामा सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मंसिर १ गते नै गर्नुपर्ने समितिले जनाएको छ । मंसिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन पञ्चांगकारले प्रकाशन गरेका तीन पात्रोले पनि मङ्सिर १ गते भाइटीका उल्लेख गरेका छन् ।

मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउन हुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै