होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा
समाचार

काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

  • नागरिक रैबार
काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश गराइएको हो ।

दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा पार्न सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । अब ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारको लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्ने भएको छ । राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि हिउँदमा यातायातको साधन चलेको ठाउँ भएपनि ५–६ घण्टासम्मको यात्रा गरी जिल्ला सदरमुकाम आइपुग्नु पर्ने अवस्था रहेको छ ।

विकटको अत्ति दुर्गम क्षेत्र भएकै कारण दुई बर्षअघि पालिकाको वडा नं ७ का दुई गर्भवतीको समयमा उपचार नपाएर ज्यान गएको तथा २०७७ सालको साउन महिनामा मात्रै सोही वडाका अर्का गर्भवतीको लाख भन्दा बढी खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै