



एजेन्सी- इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए ।


जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हाल्याण्डले त्यसको १० मिनेटपछि ह्याट्रिक पूरा गरे ।नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ । नर्वे गत बिहीबार युरो कप छनोटको प्लेअफमा सर्बियासंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।



फेसबुक प्रतिक्रियाहरु