होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त
समाचार

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

  • नागरिक रैबार
जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो । मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।’

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनको विश्वास थियो ।

एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा आउने प्रजिअ थापाले जानकारी दिए ।

कोरोना संक्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताए । कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्याउन उनले आग्रह गरे

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै