होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बार्सिलोनाको खेलाडीमा कोरोना संक्रमण
खेलकुद

बार्सिलोनाको खेलाडीमा कोरोना संक्रमण

  • नागरिक रैबार
बार्सिलोनाको खेलाडीमा कोरोना संक्रमण

२८ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।

बार्सिलोनाले क्वार्टरफाइनलमा आउने शुक्रबार जर्मन क्लब बायर्न म्युखिनसंग प्रतिस्पर्धा गर्दैछ । अभ्यासमा रहेका एक जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले संक्रमित खेलाडीको परिचय भने खुलाएको छैन । क्लबले अभ्यासमा रहेका ९ खेलाडीको परीक्षण गराएको थियो । जसमध्ये एक खेलाडीलाई कोरोना संक्रमण भएको हो ।उक्त खेलाडीमा कुनै लक्षण नदेखिएको स्वास्थ्य हाल राम्रो हरेको र घरमै आइसोलेसनमा रहेको क्लबले जनाएको छ । बार्सिलोना च्याम्पियन्स लिग खेल्ने बिहीवार पोर्चुगलको लिस्वन जाँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार