होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै
समाचार

तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

  • नागरिक रैबार
तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

काठमाण्डाै – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस’ ले जनाएको छ ।

भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्ने द इण्डियन एक्सप्रेसले जनाएको छ । भिडिओ वार्तामा कोरोना भाइरसको महामारीका विषयमा पनि छलफल हुनेछ ।

भारतले भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्ग, रेल, पुलिस तालिम केन्द्र, पेट्रोलियम पाइपलाइन लगायतका परियोजनामा सहयोग गरिरहेको छ । भारतले यो वर्षको बजेटमा आठ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यी परियोजनाको विषयमा संवाद हुनेछ ।

सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

त्यसपछि गएको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विवाद झनै बढ्यो र संवादविहीनताको अवस्था सिर्जना भएको छ । भारतको त्याे व्यवहारपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो विषयलाई लिएर नेपाल र भारतबीच तनाव उत्पन्न भएको छ भने द्विपक्षीय संवाद पनि ठप्प भएको छ ।

नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताको लागि भारतलाई पटक–पटक अनुरोध गरेपछि मार्च महिनामा वार्ता गर्ने सहमति भएको थियो । तर कोरोना भाइरसको महामारीलाई कारण देखाएर भारतले एकतर्फी रुपमा वार्ता स्थगित भएको जानकारी दिएको थियो ।

गएको मे ११ तारिखमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच संवाद भएयता दुई पक्षबीच संवाद भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि