होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य-जीवनशैली

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

  • नागरिक रैबार
थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण थियो। उनी दम तथा मुटु रोगी थिए।

आज बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।

किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार