होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाको संसदको हिसाबमा को कता ?
देश/प्रदेश

नेकपाको संसदको हिसाबमा को कता ?

  • नागरिक रैबार
नेकपाको संसदको हिसाबमा को कता ?

अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले नयाँ बाटो पक्डिँदैछ, संसदीय दलबाट विषयको छिनोफानो लगाउने ।

त्यसो गर्दा यदि माधव–प्रचण्डका सांसदहरु चोरिएछन् भने पनि प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न चार सांसदको अभाव छ । एक सय ७४ सांसद रहेको सत्तारुढ दलमा प्रचण्ड समूहसँग सभामुखबाहेक ५२ र माधव–झलनाथसँग ४३ को संख्या छ । यी दुबै समूहसँग जम्मा ९५ को संख्या छ भने बाँकी रहेका ७९ सांसद प्रधानमन्त्री पक्षधर हुन् । माधव पक्षको हिसाबलाई केपी पक्षले मानेको छैन । किनभने, टिकट पाउँदा माधव पक्षका गोपाल बमले ओलीको पक्षमा हस्ताक्षर गरिसकेका छन् । अबको पुनर्गठनमा फेरि मन्त्री बनाउँला भनिएका कारण डोल्पाका सांसद धनबहादुर बूढा आफूतिर टिक्ने बालुवाटारको विश्वास छ ।

वामदेवपक्षीय (पत्नी) कुमारी तुलसी थापा (बर्दिया), बीना बुढाथोकी मगर (कञ्चनपुर) र विमला विक (बर्दिया) लाई पनि ओलीतिर गनिएको छ । त्यसमध्ये मत विभाजन हुने अवस्थामा तुलसी र विमला वामदेवको लाइनमा हुन्छन् । तर, दुबैतिर हस्ताक्षर गरेकी बीना र निरा जैरुबारे दुबै पक्षले केही भन्न सकेका छैनन् । उनलाई राज्यमन्त्री दिउँला भनेर थामथुम पारिएको बताइन्छ । पूर्वमाओवादीतिर प्रचण्डहरुले यकिन गरेको संख्यामा बालुवाटारले कम्तिमा दुई जनाको नाम काटेको छ । ती हुन्, लेखराज भट्ट र टोपबहादुर रायमाझी । मार्नौँ यी सबै केपी पक्षकै भएछन् भने पनि मत बराबर हुनका लागि त्यो समूहलाई अझै चार जना पुग्दैन ।

विज्ञापन

मन्त्रीमध्ये घनश्याम भूषाल, योगेश भट्टराई, रामवीर मानन्धरको स्थिति अहिलेसम्म स्पष्ट छैन । तर, दुबै समूहले घनश्याम र योगेशलाई आफूतिर गनेका छन् । रामवीरमा बालुवाटारको निर्देशनमा नाममात्रको राज्यमन्त्री बनाइएको तीव्र असन्तुष्टि छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि