होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबई नदीमा वेपत्ता
देश/प्रदेश

दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबई नदीमा वेपत्ता

  • नागरिक रैबार
दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबई नदीमा वेपत्ता
फायल तस्वीर

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाउँदा श्रीमान-श्रीमती नै वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ-दाउरा समात्न नदी बबई पुगेका दम्पती दाउरा समात्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन् ।

ठाकुरबाबा नगरपालिका ४ निवासी २५ वर्षीय जीतबहादुर थारु र उनकी २६ वर्षीया श्रीमती राजकुमारी थारु बबई किनारमा दाउरा समात्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

प्रहरीको टोलीले शनिबार अपरान्हदेखि वेपत्ता दम्पतीको खोजी गरेपनि हालसम्म फेला नपरेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार