होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा सङ्घीय सरकारका योजना ठप्प
देश/प्रदेश

कैलालीमा सङ्घीय सरकारका योजना ठप्प

  • नागरिक रैबार
कैलालीमा सङ्घीय सरकारका योजना ठप्प

कैलालीमा स्थानीय सरकारले सञ्चालन गरेका विकास योजना धमाधम निर्माण भइरहे पनि सङ्घीय सरकारबाट सञ्चालित विकास आयोजना कोरोनाको बहानामा ठप्प पारिएका छन् । लकडाउनकै बीच टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले चालू वर्षमा ७० प्रतिशत विकास योजना शुरुआत गरेर अन्तिम चरणमा छन् । स्थानीय तहले भौतिक संरचना निर्माणमा छुट्याइएका बजेट सबैजसो कार्यान्वयन गरेका छन् । उनीहरुले तालिम, गोष्ठी तथा नागरिक भेला गर्ने खालका कार्यक्रमका बजेट कोरोना नियन्त्रण शीर्षकमा परिणत गरेका छन् ।

“हामीले विकास बजेट काटेका छैनौँ”, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भने, “समयमै बोलपत्र गरेर निर्माण व्यवसायीलाई काम सक्न ताकेता गरेका छौँ ।” उनले समस्या आए नगरपालिका समन्वय गर्न तयार छ तर बहाना सुन्न तयार नभएको बताए। यही टीकापुर नगरभित्र सङ्घीय सरकारले सञ्चालन गरेका ठूला योजनाका काम ठप्प छन् । सङ्घीय सरकारबाट निर्माण भइरहेका यी योजना करिब रु ३५ करोड लागतमा निर्माण हुँदैछन् ।

टीकापुरमा आधुनिक बसपार्क, छ लेन सडक, घण्टाघर र बजार क्षेत्रभित्र चार लेन सडक तथा ढल निर्माणको काम सङ्घीय बजेटमार्फत भइरहेको छ । यी योजनामध्ये बसपार्क निर्माण अन्तिम चरणमा रहेको छ । बाँकी योजना लकडाउनपछि ठप्प छन् । निर्माण व्यवसायी लकडाउनपछि निर्माणस्थलमा नदेखिएको स्थानीयवासीको भनाइ छ । छ लेन सडक र बजारभित्रको ढल निकासको काम अलपत्र छाडेपछि वर्षात्मा नागरिकलाई समस्या हुने भएको छ । बजार वरिपरि खनिएका ढलमा पानी जम्न थालेका छन् । मध्ये वर्षात्मा यी ढलमा दुर्घटना हुने सम्भावना छ । “निर्माण व्यवसायी निर्माण सामग्रीसहित काम छाडेर हिँडेका छन्”, स्थानीय व्यापारी गङ्गाराम चपाईँले भने, “यही अवस्था हो भने टीकापुर डुबानमा पर्छ र बालबालिका ढलको जोखिममा पर्छन् ।”

विज्ञापन

आयोजना कम्पनीका अनुसार ‘ब्लक ए’ भित्रका सडक कालोपत्र र ढल निर्माणको कार्य अहिलेसम्म २० प्रतिशत मात्रै भएको छ । १८ महिनाभित्र काम सक्ने गरी गत साउन २३ गते महालक्ष्मी एमके जेभीले ठेक्का लिइ निर्माणको काम शुरु गरेको हो । निर्माण कम्पनीले २०७७ माघभित्र काम सक्नुपर्नेछ । ‘ब्लक ए’ सिगार्ने कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा नं १ को ‘ब्लक ए’भित्र पर्ने खक्रौला रोडबाट अस्पताल हुँदै सामुदायिक रेडियो टीकापुर एफएम, पुरानो पानी ट्याङ्की, नयाँ बिहानी पुनःस्थापना केन्द्र, इलाका प्रहरी कार्यालयसम्म एक किलोमिटर मुख्य सडक चार लेनको बन्नेछ । यसको वरपर ११ शाखा सडक पनि कालोपत्र हुनेछन् । शाखा सडकको लम्बाइ दुई हजार १०० मिटर बनाइनेछ । निर्माणकार्य अलपत्र भएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।

छ लेन सडक निर्माणकार्य दुई वर्षभित्र सक्ने गरी विसं २०७५ फागुन १५ गते रमन केएस जेभीले काम गरिरहेको हो । कार्यक्रमअन्र्तगत लम्की–खक्रौला सडकको टीकापुरको मुख्य बजारमा पर्ने जमरा पक्की पुलबाट टीकापुर बसपार्कसम्म दुई किलो ३०० मिटर सडक कालोपत्र हुन लागेको हो । विसं २०७७ फागुन १५ भित्र काम सक्ने सम्झौता भए पनि लकडाउनको समयमा सडक किनारामा नाली बनाउने र माटो पटानी गर्ने काम रोकिएको निर्माण व्यवसायी जनक शाहीले बताए । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार