होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • स्वामीकार्तिकमा पहिलो पटक ट्याक्टर पुग्यो, गाउँमा भव्य स्वागत
स्वामीकार्तिक

स्वामीकार्तिकमा पहिलो पटक ट्याक्टर पुग्यो, गाउँमा भव्य स्वागत

  • नागरिक रैबार
स्वामीकार्तिकमा पहिलो पटक ट्याक्टर पुग्यो, गाउँमा भव्य स्वागत

बाजुरा २९ फागुन। बाजुराको कर्णाली पारि रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा पहिलो पटक ट्याक्टर पु¥याईएको छ । कर्णाली नदीमा डोजरको सहायताले पहिलो पटक ट्याक्टर कर्णाली पारि तारिए पछि बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले ट्याक्टर र ट्याक्टर चालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ का नेत्रबहादुर शाहीको भे १ त ९४३१ नम्वरको ट्याक्टर कर्णाली नदीमा डोजरको सहायताले तारिएको हो ।बाजुराको कर्णाली पारिको स्थानिय तह स्वामीकार्तिक खापर गाउपालिकामा यातायात आवत जावतका लागि पुल छैन र हालको पिलुचौरमा फेरी निमार्णको तयारी भै रहेको छ ।

डोजरको सहायताले कर्णाली पारिका स्थानमा विभिन्न काम गर्न ट्याक्टर लगिए पछि गाउपालिका अध्यक्ष सहित जनप्रतिनिधि, गाउपालिकाका कर्मचारी, राजनितीकर्मी मेघराज शाही लगायत स्थानियको उपस्थितिमा फूलमाला अविरले ट्याक्टरलाई सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी कुमेर शाहीले बताए ।

विज्ञापन

सो ट्याक्टर चालक स्वामीकार्तिक ४ का विष्णु नाथ रहेको बताइएको छ । यसैविच बाजुराको जगन्नाथ गाउपालिका वडा नं २ को हुनीमा पहिलो पटक यात्रु बहाक जिप पुगेको छ । से १ ज ३१० नम्वरको जीप जन्ती बोकेर पहिलो पटक हुनीमा पुगाइएको स्थानिय धिरज रोकायाले बताए ।रेडियो बुढीनन्दाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार