होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने
देश/प्रदेश

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने

  • नागरिक रैबार
चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने

काठमाडौं– कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताए ।पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको जानकारी दिए । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

विज्ञापन

चीनबाट स्वदेश फर्काइने नेपालीहरुलाई सुरक्षित तवरले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने व्यवस्था मिलाएसँगै सरकारले उनीहरुलाई फागुन ३ गते नेपाल ल्याउने टुंगो लगाएको हो ।

चीनबाट स्वदेश फर्किनका लागि १ सय ८० जनाले आवेदन समेत दिइसकेका छन् । उनीहरुले आफूहरु चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले उद्दार गरोस् भन्ने आग्रह गर्दै आएका थिए । खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार