नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद वामदेव गौतमको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।
दसैं अगाडि नै बहस हुँदाहुँदै समय सकिएपछि रोकिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु